मिर्मिरे लघुवित्तको लाभांश घोषणा
प्रकाशित मिति : 22 December, 2022 12:10 pm
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
हिजो पौष ६ गते, बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।








