१२ श्रावण २०८१, शनिबार

काेभिड १९ः ‘गुड न्यूज’: नयाँ संक्रमण भेटिएनन; कैलाली, राेल्पादेखि भक्तपुरसम्म नतिजा नेगेटिभ

प्रकाशित मिति :  6 April, 2020 8:16 am


लक्ष्मी ज्ञवाली

काठमाडाैं, २४ चैत । 

विश्व काेराेनासँग जुधिरहँदा यसबाट प्रभावित नहुन पनि ‘गुड न्युज’ अर्थात् राम्रा समाचार हुन् । चैत २१ गते एकै दिन तीन संक्रमण फेला परेपछि  चैत २२ गते राती अवेरसम्म तीन भन्दा बढी गुड न्युज आए ।

काेराेना बारे चैत २३ गते विहानसम्म नेपालका राम्रा समाचार यस्ता छन्,

सातै प्रदेशमा प्रयाेगशाला

परिक्षणका लागि अब सातै प्रदेशमा परिक्षण प्रयाेगशाला स्थापित भएका छन् । अब परिक्षणका लागि काठमाडाैंकै ल्याव कुर्न नपर्ने भएकाे छ । धरान, जनकपुर, हेटाैंडा, पाेखरा, भैरहवा, सुर्खेत र धनगढीमा काेभिड १९ लक्षण देखिएकाकाे स्वाब (खकार) परिक्षण गर्न थालिएकाे छ ।

दिनभर नयाँ संक्रमण देखिएन 

चैत २१ गते पहिलाे पटक स्थानीयमा काेराेना संक्रमण पुष्टी मा भएन एकै तीन तीन संक्रमित भेटिए । चैत २२ गते दिनभर गरिएका परिक्षणमा नयाँ संक्रमण देखिएन ।

धनगढी, राेल्पा र काठमाडाैंसम्म नतिजा नेगेटिभ

चैत २२ गते मुलुकभर गरिएका परिक्षणमा नतिजा नेगेटिभ देखिएका छन् । स्थानीयमा पहिलाे संक्रमण देखिएका धनगढीका ७ नमूना, राेल्पाबाट पठाइएका ४ नमूना र भक्तपुरकाे खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनामा नेगेटिभ देखिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !