१७ बैशाख २०८१, सोमबार

शोरूममा कालो ब्यानर राख्दै आन्दोलनमा अटो व्यवसायी

प्रकाशित मिति :  23 December, 2022 6:11 pm


काठमाडौँ । काठमाडौँको थापाथलीमा तलदेखि माथिसम्म सडकको छेउछाउ नियाल्ने हो १० देखि १५ वटा हाराहारीमा विभिन्र गाडीका शोरूम छन् ।

ग्राहकलाई आर्कषित बनाउनको लागि सरसफाइको लागि भनेर छुट्टै कर्मचारी खटाएका हुन्छन् । बाहिरबाट हेर्दा सफा र टिलिक्क टल्किएका शोरूमका कर्मचारी र मालिक भने निरासा निरास छन् । कारण हाे आर्थिक मन्दी । राष्ट्र बैकबाट जारी नीति विरुद्ध भने अटो व्यवसायीहरुले सिसाको भित्तामा कालो ब्यानर लगाएका छन् जसमा लेखिएकाे छ, ‘हामी आन्दोलनमा छौँ’।

सरकारले विदेशी मुद्रा सञ्चितमा भार परेको भन्दै वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै विलासी वस्तुको आयातमा प्रतिबन्ध लगायो । वैशाखदेखि लगाएको प्रतिबन्धका कारण थलो परेको अटोबजारलाई फुकुवाको माग गर्दै अटो व्यवसायीहरू पटकपटक प्रधानमन्त्रीदेखि गर्भनरलाई दबाब दिदाँ ८ महिनपछि मात्र आयात फुकुवा त भयाे तर पनि अटो व्यवसायीहरू आयात फुकुवाबाट पनि सन्तुष्ट नभएर उनीहरूले सडक आन्दोलन देखि विभिन्र माध्यमबाट आन्दोलनलाई निरन्तरता दिदैँ आएका छन् ।

सरकारले आठ महिनायता पेट्रोलबाट चल्ने जिप, कार, भ्यान र १५० सीसीभन्दा माथिका दुईपांग्रे सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध पुस १ गतेदेखि हटाए पनि अटो व्यवसायहरुले कालो ब्यानार शोरूमहरुबाट हटाएका भने छैनन् ।

नाडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष धुव्र थापाले आफूहरुले पटकपटक सरकार र राष्ट्र बैंकलाई निति परिमार्जन गर्न दबाब दिएको बताएका छन् । उनले भने, “हामीले आजमात्र राष्ट्र बैँकका गर्भनरसँग भेटघाट गरेका छौँ । उहाँले तपाईँहरुको माग सम्बोधन गर्छौ भन्रुभएको छ हेरौँ के हुन्छ । ’’

थापाले अटो व्यवसायहरु सकारात्मक रहेको बताएका छन् । उनले भने, “अहिले त डलर सञ्चितमा सुधार आएको छ सरकार तथा राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई हेरेर पनि सबै क्षेत्रलाई फाइदा हुने निर्णय गर्नुहुन्छ भनेर हामी सकारात्मक बाटाेमा छौँ ।’’

यता अटोमोबाइल्स एशोसिएसनका महासचिव सुरेन्द्र उप्रेतीकाले आयात फुकुवा गरेपनि अटो क्षेत्रको अवस्था नाजुक नै रहेको बताएका छन् ।उनले भने, “गाडीको आयात खोलेपनि गाडी किन्रको लागि बैंकको चर्को ब्याज कारण गाडी ल्याउन र मानिसहरूमा गाडी किन्रे कुनै शोक छैन । त्यसकारण राष्ट्र बैंकले आफ्नो निति परिमार्जन गर्नुपर्छ ।’’

आयात फुकुवा गरे पनि तरलता संकट र चर्को ब्याजदरका कारण बैंकहरूले गाडीमा लगानी गर्न छाडेको अध्यक्ष थापाको भनाइ छ । बैंकको चर्को ब्याजका कारण एक खर्ब रुपैयाँभन्दा माथिको लगानी रहेको अटो मोबाइल व्यवसाय नै धरापमा पर्ने अवस्था आएकाले आन्दोलन गर्नु परेको व्यवसायी बताउँछन् । उनीहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशिका-२०७९ लाई तत्कालका लागि स्थगन गरी उपयुक्त समयमा आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ भन्दै आन्दोलन गर्दै आएका छन् ।

यस्ता छन् नाडाका माग र सुझाव :

सरकारले आयातमा खोले पनि अटो व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतीतपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने, अस्वाभाविक रूपमा बढिरहेको बैंकको ब्याज तथा प्रिमियमदरलाई तत्कालै नियन्त्रण गर्नुपर्ने पनि नाडाले माग गरेको छ ।

अटोलोन–हायर पर्चेज कर्जामा जोखिमभारलाई एक सय ५० प्रतिशतबाट पुरानै ७५ प्रतिशतमा झार्नुपर्ने, बैंकहरूको तरलता अभावलाई सहज बनाउन सिडी रेसियो पुनरावलोकन गर्नुपर्ने, बैंकहरूबाट निजी सवारीसाधनमा प्रवाह गर्ने कर्जाको सीमा ५० प्रतिशतबाट वृद्धी गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुर्नकर्जा नवीकरण गर्ने म्याद एक वर्षका लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

तस्बिरहरूः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !