यस्तो रहनेछ आजको मौसम
प्रकाशित मिति : 23 December, 2022 7:42 am
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने हुनाले चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउनु अनुरोध गरेको छ ।








