२० मंसिर २०८२, शनिबार

सुनको मूल्य तोलामा १२०० रुपैयाँ घट्यो

प्रकाशित मिति :  23 December, 2022 12:01 pm


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्रातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामै १२०० रुपैयाँ घटेर तोला एक लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बिहिबार छापावाला सुनको मूल्य तालाको १ लाख १ हजार ५०० र चाँदी तोलाको १४०५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !