६ जेष्ठ २०८१, आइतबार

यस्ताे हुनेछ आइतवार दिनभरकाे माैसम

प्रकाशित मिति :  25 December, 2022 8:15 am


काठमाडाैँ । आइतवार दिनभर सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ भएकाे छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

आइतवार राती सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

देशका देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको जनाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !