२३ बैशाख २०८१, आइतबार

सरकार गठनका लागि राष्ट्रपतिले दिएकाे समय आज सकिँदै, गठबन्धनकाे बैठक बस्दै

प्रकाशित मिति :  25 December, 2022 8:28 am


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएकाे समय आज वेलुका ५ बजे सकिदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक विना निस्कर्ष टुंगिएपछि आइतवार गठबन्धन भित्रका दलहरूकाे निर्णायक वैठक बस्ने भएकाे छ ।

सनिवारकाे बैठकआगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना सकिएकाे थियाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको र प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतवार बैठक बसेर टुंगो लगाउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !