१३ बैशाख २०८१, बिहिबार

भाइचारा र आपसी सद्भाव विकास गर्न चाडपर्वकाे भूमिका उच्च छः मुख्यमन्त्री केसी

प्रकाशित मिति :  30 December, 2022 9:27 am


देउखुरी । लुम्बिनि प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले चाडवाडले भाइचारा र आपसी सद्भाव विकास गर्न सहयाेगी हुने बताएका छन् । तमु ल्होसार–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रदेश सरकारले चाडपर्वकाे सम्वर्द्धन गर्ने विषय प्राथमिकतामा राखेकाे बताएका छन् ।

”सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु,” प्रेषित शुभकामना सन्देशमा भनिएकाे छ ।

लुम्बिनी प्रदेशमा बसोबास गरिरहेका गुरुङ समुदायको भाषा, धर्म, सँस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकार पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।    

”हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ,” सन्देशमा भनिएकाे छ, ”नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु ।”



प्रतिक्रिया दिनुहोस !