२० बैशाख २०८१, बिहिबार

दुधको मूल्यबारे छलफल गर्न वाणिज्य विभागले बाेलायाे सराेकारवालालाई

प्रकाशित मिति :  3 January, 2023 4:57 pm


काठमाडौं । दुधको भाउ बढाएको विषयमा छलफल गर्ने वाणिज्य विभागले मूल्य बढाउने उद्योग, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ ।

संघ सम्बद्ध केही डेरी उद्योगीले प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएपछि विभागले छलफलका लागि बोलाएको हो । केही डेरी उद्योगले गत शनिबारदेखि लागु हुने गरी दुधको मुल्य बढाएका थिए । मुल्य बढाएपछि बोर्डले छलफलमा बोलाएर तत्काल बढेको मुल्य स्थगित गर्न आग्रह गरेको थियो ।

बोर्डले सहमति भएको भन्दै बढेको मुल्य स्थगित भएको बताए पनि संघले भने स्थगित नभएको भन्दै काउन्टर विज्ञप्ति जारी गरेको थियो । बढेको मुल्यको विषयलाई लिएर दुग्ध उद्योगी व्यवसाय, दुग्ध व्यवसायसँग सम्बन्धित संघसंस्थाबिच नै विवाद भएको छ ।

बढेको मुल्यको विषयलाई लिएर बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले सबै पक्षलाई बुधबार विहान ११ बजे बोलाएको हो ।



प्रतिक्रिया दिनुहोस !