सिबिफिनको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को सर्वसम्मतीकोरुपमा नयाँ कार्यसमिति चयन भएको छ । सिबिफिनको पुस २४ गते भएको तेस्रो वार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमिति अध्यक्षमा पवनकुमार गोल्यान, भोजबहादुर शाह (वरिष्ठ उपाध्यक्ष), राजेश उपाध्याय (उपाध्यक्ष), राजनसिंह भण्डारी (महासचिव) , तुल्सीराम अग्रवाल (कोषाध्यक्ष), कुश प्रसाद मल्ली (सचिव), प्रचण्ड बहादुर श्रेष्ठ (सह कोषाध्यक्ष) , उपेन्द्र केशरी न्यौपाने (सदस्य), उपेन्द्र प्रसाद पौडेल (सदस्य), लिला प्रकाश सिटौला (सदस्य) , मोतिलाल दुगर (सदस्य) , राधेस पन्त (सदस्य) महेन्द्र कुमार गोयल (सदस्य), भरतराज ढकाल (सदस्य), हिरेन्द्र मान प्रधान (सदस्य) चयन भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउदै, बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित हुँदै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए ।








