६ जेष्ठ २०८१, आइतबार

सोमबार कुन राशिको भाग्य कस्तो ?

प्रकाशित मिति :  16 January, 2023 5:50 am


आजको पञ्चाङ्ग

वि. सं.ः २०७९ माघ २ गते सोमबार

इ.सं. ः १६ जनवरी २०२३

सूर्योदयः विहान ०६ः५८ बजे

सूर्यास्तः बेलुका १७ः३० बजे

तिथिः नवमी १३ः५५ सम्म, तत्पश्चात् दशमी

पक्षः माघ कृष्णपक्ष

नक्षत्रः स्वाती १४ः४८ सम्म, तत्पश्चात् विशाखा

योगः धृति १०ः४५ सम्म, तत्पश्चात् शूल

करणः तैतिल ०७ः५७ सम्म, तत्पश्चात् गर

चन्द्रराशिः तुला

ऋतुः शिशिर

अयनः उत्तरायण

आजको राशिफल

मेष

मेष राशि भएकाहरूका आज पनि समय रहेको छ । कामहरू सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरू बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ ।

वृष
वृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । इमानदारितापूर्वक गरिएको काम सफल हुनेछ । विलासी वस्तुहरूको उपभोग गर्न पाईनेछ । पढाइ लेखाइमा सफलता पाइनेछ ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज अशुभ रहनेछ । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ । पति पत्नीबिच अबिस्वास सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउने छ ।

कर्कट

कर्कट राशिका लागि आज राम्रो छैन । हतारमा काम नगर्नुहोला । अनावश्यक झमेलामा फसिने छ । काममा विभिन्न बाधा आइपर्नेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ । व्यावसायमा समस्या देखिनेछ ।

सिंह

सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुँदै जानेछ । काम गर्न सहज वातावरण बन्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । आम्दानीका स्रोत घट्नेछन् । विद्यामा सफलता पाउन कठिन हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा समस्या बढ्नेछन् ।

तुला

तुला राशि भएकाहरूका लागि आज राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसायमा थप लगानी हुनेछन् । स्वास्थमा सुधार हुनेछ । मिष्ठान्न भोजन हुने छ ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि आज खराब छ । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक काममा खर्च हुनेछ । गलत काम गर्न मन लाग्नेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइ लेखाइमा भनेजस्तो नतिजा आउँदैन ।

धनु

धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । आफन्तसँग मनमुटाव हुनेछ । कामहरू बिग्रनेछन् । विभिन्न समस्या आइलाग्नेछ । झैझगडा हुने सम्भावना रहेकोछ ।

मकर

मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । परिश्रम अनुसारको फल पाइनेछ । मनमा शान्ति मिल्नेछ । साथीभाइहरूसँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कुम्भ

कुम्भ राशिका लागि आज राम्रो छैन । आफन्तसँग विवाद हुन सक्नेछ । हानी नोक्शानी हुन सक्नेछ । काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा नगर्नुहोला ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । व्यापारमा गरेको लगानी बढ्ने छ । शेयर बजारमा गरेको लगानी फस्टाउनेछ । पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट लाभ लिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !