१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना

प्रकाशित मिति :  20 January, 2023 7:34 am


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पुर्वी तराईका एक\दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !