७ बैशाख २०८१, शुक्रबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको संसोधित बजेट आकार बढ्यो

प्रकाशित मिति :  2 February, 2023 7:15 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिको बजेटको आकार बढेको छ । गाउँपालिकाको १३ औं गाउँ सभाले बजेट संसोधन गर्दै १ करोड रुपैयाँ बढाएको हो ।

गत असार १० गते गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ९४ लाख ११ हजार बजेट ल्याएको थियो ।

आयव्यव विवरण प्रस्तुत गर्दा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट रु.२ करोड १० लाख बजेट संचिती रहने अनुमान गरेको थियो ।

तर, अघिल्लो आर्थिक वर्षको बजेटबाट ३ करोड १० लाख रकम बचत भएपछि गाउँपालिकाले बजेट संसोधन गरेर आकार बढाएको हो । गाउँ सभाले बजेटको आकार बढाउँदै आर्थिक विद्येक, (२०७९) संशोधन प्रस्ताव पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले भने,“ बजेट संसोधन गरेर बढाएका छौं र आवश्यकता अनुसार रकम रकमान्तर तथा योजना संसोधन गरेका छौँ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पाैडेलले अघिल्लो आर्थिक वर्षबाट अनुमान गरेभन्दा रु. १ करोड रकम बचत भएकाले बजेट संसोधन भएको जानकारी दिए ।

गाउँपालिकाले आर्थिक विद्येक, (२०७९) संशोधन प्रस्तावसँगै आर्थिक वर्ष २०७९र०८० मा कार्यान्वयन हुने केहि योजना तथा कार्यक्रमहरूको नाम संशोधन र रकमान्तर सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७९/०८० को पहिलो कार्यपालिका वैठक देखि नवौँ कार्यपालिका वैठक पारित भएका कानून अनुमोदन प्रस्ताव, अस्थायी अवकास कर्मचारी योगदानमा आधारित सामाजिक संरक्षण रकम उपलब्ध गराउने सम्वन्धी प्रस्ताव पारित गरेको छ छ।

नीतिगत निर्णय अनुमोदन प्रस्ताव, तथा गाउँ सभालाई आवश्य पर्ने समिति गठन समेत पारित गरेको गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !