१९ मंसिर २०८२, शुक्रबार

आजदेखि सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

प्रकाशित मिति :  6 February, 2023 9:02 am


काठमाडाैँ। सुपरमाई हाइड्रोपावर लिमिटेडले साेमबार (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक राेजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि खुला गर्ने भएकाे हाे ।

यही माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

ताेकिएकाे अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ।

सुपरमाई हाइड्रोपावरद्वारा प्रबद्र्धित ७.८ मेगावबाटको सुपरमाई जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ।

आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि व्यापारित विद्युत उत्पादन गरिरहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७३ फागुन ३० गतेदेखि २१०८ फागुन २९ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.७९ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष रहेको छ।



प्रतिक्रिया दिनुहोस !