१२ आश्विन २०७९, बुधबार

सवै मिलेर विगार गर्ने, दोषजति नेतालाई मात्र किन दिने ?

प्रकाशित मिति :  10 April, 2020 8:19 am


एउटा ट्याक्सी ड्राइभर यात्रुलाइ उसको गन्तव्यमा उसलाई मिटरमा लैजान मान्दैन । मिटरमा उठ्ने विलको तुलनामा दोव्वर पैसा तिर्न वाध्य वनाउछ ।

जव यात्रु उ सँगै उसको साथमा यात्रा गरिरहेको हुन्छ त्यति नै वेला उसले कुराको सुरुवात गर्नुपरे उ देश विग्रको कुरावाट शुरु गर्छ, ”देश खत्तम भैसक्यो,  हेर्नुस न यो वाटोको कुरा कति खाल्डाखुल्डी कसैमा जिम्मेवारी वोधनै छैन ।”

उसले कुरालाई अझै अगाडी वढाउदै भन्छ, ”नेताहरुमा जिम्मेवारी वोधनै छैन, कुनै कानुननै छैन अनि कसरी हुन्छ सुधार ।

त्ससो त सवारी चालकमात्र होइन आजकल सवैजसोको चिया गफ अन्य कुनै समसामयिक विषयमा कुराकानीको सुरुवात मात्र होस न सवैको मुखैमा झुन्डीएको एउटै कुरा नेताले देश विगारीसके देश त खत्तमनै पारीसके ।”

एउटा चिकित्सक कमिसनको लोभमा विरामीलाई अनावश्यक औषधि सिफारिस गर्न होस वा अनावश्यक परीक्षण गराउन पछि पर्दैन अझ सरकारी सेवामा रहेको चिकित्सक सरकारी अस्पतालभन्दा निजी क्लिनिक अनि अस्पताल प्यारो ठान्छ त्यहि चिकित्सकसंग समसामयीक कुरा थाल्नुस नेतालाई गाली नगरी उसको कुराकानीको विषय अन्त्य हुदैन ।

उसैसँग जोडिएको अस्पताल संचालक विरामीको सेवाभन्दा नाफालाई धेरै महत्व दिन्छ । आफ्नाे अस्पतालको शैया क्षमताको निश्चित प्रतिशत शैयामा गरिवलाइ निशुल्क उपचार गर्नुपर्ने कुराको उ कहिल्यै पालना गर्दैन ।

यो वा त्याे वहानामा जिम्मेवारीवाट सधै टाढा भाग्छ । अनि कुनै सभा समारोह कतै कुनै कुरा गर्नुपर्दा राज्यले आफूहरुलाई केहि पनि नदिएको, नेताहरुको अस्पतालजस्तो नितान्त सेवा व्यवसायलाई हेर्ने दृष्टिकोण गलत भएको मन्तव्य दिन्छ । एउटा पाइलट धनि वन्ने लालसामा अवैध डलरको कारोवार गर्न पछि पर्दैन ।

धन कमाउनैका लागि निति, नियम, कानुनको पालना के हो कुनै मतलव राख्दैन तर उसले पनि सधै देशमो आर्थिक सामाजीक लगाएतका विषयमा उन्नति नहुनुमा नेताकै दोश देख्छ ।

त्यसो त आफुहरुलाई विद्वत वर्ग भन्न रुचाउने प्राध्यापक होस वा देशको चौथो अंगको प्रधिनिधि भनिने पत्रकार उनिहरुको कुरा पनि उस्तै नै   हो ।

एउटा प्रोफेसर कलेजको पढाईभन्दा ट्युसनलाई जोड दिन्छ, सरकारी भन्दा प्राइभेट कलेजलाइ महत्व दिन्छ । त्यतिमात्र नभई सुसस्कृत शिक्षा दिइ सवैलाइ सभ्य नागरिक वनाउनु पर्ने दायीत्व वोकेको प्रोफेसरनै विना परीक्षा पास हुन पाउनुपर्ने भन्दै आन्दोलन गर्न पछि पर्दैन ।

त्यहि प्रोफेसर कुनै विषय विज्ञका रुपमा कतै केहि वोल्नुपरे दोषजति सवै नेताको नै देख्छ ।

अनि आफ्नो समाचार मार्फत विभिन्न क्षेत्रमा भएका गलत कुराको आम नागरिकमा सूचना प्रवाह गर्ने तथा सम्वन्धि निकायलाइ त्यस्तो प्रवृति रोक्ने झकझकाउनुपर्ने पत्रकार गलत प्रवृति रोक्नु साटो त्यस्तो सूचनालाई आफु स्वयमंको राजनैतिक आश्थाका आधारमा सहिलाइ गलत र गलतलाइ सहि वनाउन विभिन्न गलत तर्क पेश गरिरहने पत्रकार गलत प्रवृतिले प्रशय पाउनुमा नेतालाईनै दोषि देख्छ ।

चिट चोररै पास हुन पाउनुपर्छ भन्ने अनि चिट चोर्न नपाएकै आधारमै सडकमा टाएर वाल्ने पछि नपर्ने विद्यार्थी होस वा अर्काको थेसिसको नक्ककल वुझाएर नी राम्रै अंक पाउनुपर्छ भन्ने विद्यार्थी देशको शैक्षिक क्षेत्रमा भैरहेको मनपरीको दोषको भागीदार नेतालाई नै मान्छ ।

ड्राइभर, पत्रकार, प्राध्यापक, डाक्टर मात्र हो र इन्जिनियर होस वा वैकर, वकिल होस वा संचार उद्यमी सवैले कुरा उस्तैनै हुन । सवैको कुरा उस्तै नै हो ।

नेपालमा के कुराको कमि छ सवै चिज छ तर सवै जहापनि समग्र सम्वृद्धिको दिशामा देश नजानुमा नेताहरु इमान्दार छैनन । सवैजसोले गर्ने कुरा यहिनै हो ।

हामी सवै देशको सामाजिक आर्थिक राजनैतिक अवस्थामा सुधार आउनुपर्छ भन्ने चाहन्छौं । देश अमेरीका वनेस, युरोप वनोस, सिंगापुर वनोस भन्ने चाहन्छौ ।

तर हामीले हाम्रो आचरण, व्यवहारमा कहिल्यै सकारात्मक परीवर्तन ल्याएनौ दोष दियौ त राज्यलाइ, राजनितिलाइ अनि नेतालाई । आङ्खनो राज्य प्रतिको दायित्वलाइ कहिल्यै महसुस गरेनौ ।

गलत लाई गलत र सहिलाई सहि भन्न कहिल्यै सकेनौ । अंकित मूल्यभन्दा वढि मूल्यमा सामान वेच्ने व्यापारीलाई पनि देशको माया लाग्छ । उ राज्यको सम्पूर्ण सिस्टम सुध्रिएको हेर्न चाहन्छ । तर आफूले अधिकतम मूल्य भन्दा धेरै मूल्यमा सामान वेच्नुलाइ दोष कहिल्यै देख्न सक्दैन ।

समयमा कहिल्यै पारीश्रमिक नदिने अनि न्यूनतम पारीश्रमिक निर्धारण समतिले तोकेको न्यूनतम पारीश्रमिक कहिल्यै उपलव्ध नगराउने संचार उद्यमी पनि देशमा कानुनी शासन भएको हेर्न चाहन्छ ।

तर उसलाइ आफुले कानुनको पालना नगरेको कहिल्यै भान हुदैन । आफुले संचालन गरेको वा आफु प्रमुख भएको गैर सरकारी संस्थाको प्रमुख तटस्था निश्पक्षताको जहिल्यै वकालत गर्छ ।

तर सो संस्थाका आफ्ना नातागोताभित्रका मान्छे मात्रलाइ अवसर दिएको अनि कर्मचारी भर्ना गरिसकेपछि देखाउनका लागि मात्र आफ्नाेनो संस्थाले कर्मचारी मागका लागी विज्ञापन गर्नुलाइ कहिल्यै गतल ठान्दैन ।

सरकारी अनुगमनका समयमा फर्जी विरामी देखाएर धेरै विद्यार्थी कोटा पाउन मरिहत्ते गर्ने, सरकारले तोकेको दर भन्दा महंगो शुल्कमा विद्यार्थी भर्ना गर्ने मात्र नभएस विद्यार्थी पास गराउने ह्वाट्सएपको सहयताले चिट चोराउने मेडिकल कलेज संचालक, शिक्षा क्षेत्रको आमूल परीवर्तको पक्षपाती भेटिन्छन ।

तर तिनैले आफ्नाे कार्य अनुचित मान्दैनन ।

यी सवै कुरामा नेताको कुनै सहभागीता नै छैन वा सुधारका लागि उनिहरुको कुनै जिम्मेवारी नै छैन भन्न खोजिएको होइन । तर समग्र प्रवृतिको कुरा राज्य र नेता भन्दै समग्र जिम्मेवारीवाट हामी भाग्न भने पक्कै मिल्दैन ।

सुरक्षा व्यवस्था विग्रीएको छभने त्यसको पहिलो जिम्मेवारी प्रहरी प्रसासनले लिनुपर्छ त्यसलाइ प्रहरी प्रसासनलेनै सुधार गर्न सक्छ । व्यापारमा कालो वजारीभैरहेको छभने त्यसको पहिलो जिम्मेवारी व्यापारीहरु अनि व्यापारसंग सम्वन्धित उद्योग वाणिज्य महासंघ जस्ता निकायले लिनुपर्छ र सुधारको पहिलो जिम्मेवारी पनि तिनैको हो ।

संचार क्षेत्रमा विकृति आएको भए त्यसको पहिलो जिम्मेवारी संचारकर्मी, संचार उद्यमी र पत्रकार महासंघ जस्तो संस्थालेनै लिनुपर्छ र सुधारको पहिलो जिम्मेवारी पनि ।

हामीले प्रत्यक जस्तो व्यवसायका छाता संगठनको निर्माण त गरेकै छौनै । उनिहरुको काम कर्तव्य राज्यले हामीलाई यि यि कुरा प्रदान गर्नुपर्छ भन्दै सधै माग मात्र राखी आन्दोलन गर्ने मात्र पक्कै पनि होइन ।

उक्त क्षेत्रको सुधारको जिम्मेवारी पनि पक्कै पनि उनिहरुलेनै लिनु पर्छ । देशको कर्मचारीतन्त्रमा खरावी देखिएको छभने त्यसको प्रमुख भागीदारी उनिहरु स्वयम र उनिहरुसंग सम्वन्धित संगठनकै हो ।

हामीले विग्रीएको भनेका कुराहरु मुख्यरुपमा यिनै हुन । अन्य यहाँ उल्लेख गर्न छुटेका पेशा व्यवसायको हकमा पनि कुरा त उहि नै हो । यिनै पेशा व्यवसाय मिलेर राज्यका विभिन्न अंगहरु वन्ने हुन ।

जव राज्यका सवैजसो सिस्टम हामीले विगार्ने जनि दोषजति नेतालाइ किन? हामी विभिन्न पेशामा संलग्न पेशाकर्मीदेखि सर्वसाधरणसम्म् सबैले अाफाे जिम्मेवारी पुरा गराैं ।

तब मात्र सरकार वा नेतालाइ दाेष दिन सुहाउछ । जसरी काेराेनाबाट बच्न अाफू र घर परिवार सुरक्षित राख्न घरमै बसेका छाैं, त्यसैगरि मुलुककाे विकासकाे लागि पनि अाफूबाट सुधार गराैं ।

पहिल अाफ्नाे काम, कर्तव्यकाे पुरा गराैं अनि अधिकारकाे कुरा गराैंला । एक अर्कालाइ दाेषी मात्र बनाएर मुलुक उभाे त लाग्दैन । समयमै सुध्राैं ।

देश विकासमा एकतावद्ध भएर लागाैं ।

(लेखक केशव शर्मा लुम्बिनी सञ्चार डटकमका सम्पादक हुन्)



प्रतिक्रिया दिनुहोस !