२० बैशाख २०८१, बिहिबार

आइएमई पेबाट मेटलाइफको इन्स्योरेन्स पोलिसी नविकरण शुल्क भुक्तानी गर्न सकिने

प्रकाशित मिति :  22 February, 2023 12:21 pm


काठमाडौँ । मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीले आइएमई पेमार्फत् पोलिसी नविकरण वापतको शुल्क भुक्तानी गर्न पाउने भएका छन् ।

एकर्कामा भुक्तानी सेवा उपलब्ध गराउन आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबिच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक हो । ४० लाखभन्दा बढी ग्राहकहरुलाई मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेको कम्पनीले जनाएकाे छ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !