६ जेष्ठ २०८१, आइतबार

माैसमः तीन प्रदेशकाे पहाडमा चट्याङ र हल्का वर्षा, लुम्बिनीकाे तराई भेगमा हावाहुरीकाे सम्भावना

प्रकाशित मिति :  6 March, 2023 7:48 am


समाचार प्रतिनिधी तस्बिर

काठमाडाैँ । आगामी २४ घण्टामा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

विभागका अनुसार साेमबार कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षा र उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको रहेकाले विभागले सचेत बनाएकाे छ। मंगलवारसमेत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएकाे छ । 



प्रतिक्रिया दिनुहोस !