१३ बैशाख २०८१, बिहिबार

आज शपथ लिँदै नवनिर्वाचित राष्ट्रपति पौडेल, निजी निवास सर्दै राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  13 March, 2023 9:10 am


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयमा दिउँसो १ बजे विशेष समारोहकाबिच सपथ ग्रहण गर्ने तयारी भएकाे हाे । 

नयाँ राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था अनुरूप पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम तय भएकाे छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ । उनी पनि सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्ने कार्यक्रम छ । 

पाैडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । पाैडेल गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपति हुन् ।



प्रतिक्रिया दिनुहोस !