१३ बैशाख २०८१, बिहिबार

विद्युतीय सवारी साधन प्रयोग गर्न कुलमान घिसिङको आह्वान

प्रकाशित मिति :  13 March, 2023 2:35 pm


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतीय सवारी साधनहरू आइरहेको बताए ।

उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए ।

यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनको भनाई थियो ।

उनले भने,“जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोशन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउने ।

लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्र्तगत विद्युतिय सवारी साधनहरु आइरहेको छ, त्यसको लागि सबैलाई विद्युतीय सवारी साधन प्रयोग गरिदिन आह्वान गर्छु ।”

पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०÷१२ रुपैयाँ पर्ने तर विद्युतीय गाडीमा प्रति किलोमिटर एक रुपैयाँभन्दा कम खर्च हुने घिसिङिको भनाई थियो । उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताए ।



प्रतिक्रिया दिनुहोस !