१६ चैत्र २०८०, शुक्रबार

राेल्पा नगरपालिकाले दुधमा प्रतिलिटर ५ रूपैयाँ अनुदान दिने, यस्ताे छ नयाँ मूल्यसूची

प्रकाशित मिति :  15 March, 2023 11:41 am


राेल्पा । राेल्पा जिल्लाकाे राेल्पा नगरपालिकाले दुधकाे मूल्य निर्धारण  गरेकाे छ । नगरपालिकाले सरकारले ताेकेकाे राष्ट्रिय मूल्य भन्दा प्रतिलिटर रू. ५ बढी किसालाइ उपलब्ध गराउने भएकाे छ । 

नगरपालिकाले आज (चैत १ देखि) लागू हुने गरि सार्वजनिक गरेकाे मूल्य सूची अनुसार कृषकले गाइकाे दुधमा प्रतिलिटर ६५ रूपैयाँ पाउनेमा नगरपालिकाले प्रतिलिटर ५ रूपैया थप गरेर ७० रूपैया प्रतिलिटर  पाउने छन् । फ्याट ३.५ र एसएनएफ ८ प्रतिशतकाे आधारमा साे मूल्य पाउनेछन् । 

नगरपालिकाले ५ फ्याट र ८ एसएनएफ मापदण्ड अनुसार भैंंसीकाे दूधकाे मूल्य ८५ रूपैयाँमा ५ रूपैयाँ थप गर्दै ९० रूपैयामा खरिद गर्ने व्यवस्था गरेकाे छ ।

नगरपालिकाले डेरी बाट विक्री गर्ने दुध तथा दुग्ध पदार्थकाे मूल्यसमेत ताेकेकाे छ । आज बाट लागू हुने गरि ताेकिएकाे मूल्य अनुसार उपभाेक्ताले प्रतिलिटर ९० रूपैयाँमा दुध किन्न पाउनेछन् । स्ट्यान्डर्ड दहीकाे मूल्य १५० र सादा दहीकाे मूल्य १३० रूपैयाँ ताेकिएकाे छ । 

दुग्ध पदार्थहरूमा घ्यू बट्टामा प्रतिकेजी एक हजार २५०, प्लाष्टिकमा एक हजार २०० ताेकिएकाे छ भने पनिर प्रतिकिलाे ८ सय र महि प्रतिलिटर ४० रूपैयाँ ताेकिएकाे छ । 

नगरपालिकाले सदरमुकाम लिवाङमा दुग्ध संकलन तथा वितरण केन्द्र सञ्चालन गरिरहेकाे छ । डेरी विहान ६ बजेदेखि ७ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्ने व्यवस्था गरिएकाे छ । 



प्रतिक्रिया दिनुहोस !