१३ बैशाख २०८१, बिहिबार

प्रकाशकीय: हाम्राे प्रतिवद्धता; शान्ति र समृद्धिका लागि सञ्चार

प्रकाशित मिति :  13 April, 2020 10:39 am


प्रकाशकीय—— 

देश विदेशमा रहनु भएका समस्त नेपाली तथा नेपालीलाइ माया गर्ने विश्व समुदायमा बाेधी सञ्चार प्रा.लि. द्वारा प्रकाशित यस लुम्बिनी सञ्चारडटकमकाे तर्फबाट नयाँ वर्ष २०७७ काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

काेराेना (काेभिड १९) काे महामारीलाइ एकतावद्ध भएर सामना गरिरहेका हामी सबैमा राष्ट्रिय एकता थप प्रगाढ बनेर जाओस् भन्ने कामना गर्दछाैं ।

आमसञ्चार माध्यमका आफ्नै मूल्य मान्यता हुन्छन् । सत्यतथ्य, सन्तुलन र विश्वसनियता (एबीसी) तीन मूल सिद्धान्तभित्र पत्रकारिताका अनुशासन, कानूनी तथा व्यवहारिक दायराहरू समेटिएका हुन्छन् ।

सिद्धान्तः एबीसीकाे पालना गरेर गरिने पत्रकारिताले देश र समाजकाे हित गर्दछ । हामी सिद्धान्तमा प्रतिवद्ध छाैं । सूचना, शिक्षा, मनाेरञ्जन, उत्प्रेरणा मुल उद्देश्य विश्वका मिडियाहरूकाे हुने गर्छ ।

हामी पनि यही उद्देश्यलाइ आत्मसाथ गरेर अगाडि बढिरहेका छाैं । नेपालकाे संविधानका माैलिक हकहरूमध्ये धारा १९ काे सञ्चारकाे हक र नेपालकाे कानूनले चर्चेका अधिकारहरूकाे उपयाेग र धारा ४८ काे कर्तव्य समेत पालना गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछाैं ।

प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रकाशन विभाग र नेपाल पत्रकार महासंघले चर्चेका कानूनी दायरा तथा आचारसंहिताकाे पालनामा कुनै कसर बाँकी नराखिने प्रतिवद्धता हाम्राे छ ।

हामी जानाजान गल्ती गर्दैनाै तर अन्जानमा हुने भूललाइ पत्रकार आचार संहिता र कानूनी दायरामा रहेर सच्याउने सामर्थ्य राख्छाैं ।

ब्रगेल्ती खुलेका अनलाइनहरूमध्यकै एक त हाे, याे अनलाइनबाट अपेक्षा गर्न सक्छाैं? अनलाइनलाइ नियमित पछ्याइरहनु भएका वा भर्खर नाम सुन्दै गरेका पाठककाे मनमा यस्ताे प्रश्न आउनु स्वभाविक हाे ।

यसमा हाम्राे स्पष्ट धारणा छ । जति धेरै मिडिया त्यति धेरै समाजका लागि राम्राे कुरा हाे । मिडिया अझै खुल्नुपर्छ तर बजारकाे अवस्थालाइ मध्यनजर गरेर र कानूनी शासनकाे पालना गरेर मात्र मिडिया चल्नुपर्छ भन्ने हाम्राे धारणा छ ।

जागिरमा ६ महिना परिक्षणकाल भएजस्तै हामी पनि जनताकाे जागिरमा परिक्षणकाल पुरा गरिरहेका छाैं । यसबीच हामीले अवलम्बन गरेका नीतिले हामी सफलताकै सिंढीमा छाैं ।

कतिले नाममा नै प्रश्न गर्नु भयाे, याे त क्षेत्रीय मिडिया जस्ताे भयाे । हामीले भन्याैं काेफी अन्न्नान पनि कुनै दुरदराजबाट आएर संयुक्त राष्टसंघ जस्ताे संस्थालाइ नेतृत्व गरेका हुन् नि ! कतिपयले विश्वमै बुद्ध एक छन्, वुद्धभूमी लुम्बिनी भएकाले याे अन्तराष्ट्रिय नाम पनि भन्नु भयाे । एउटा नाम दिनु थियाे, लुम्बिनी दियाैं ।

पछाडी सञ्चार थप्नुकाे पछाडी पनि कारण छ । पत्रकारितामा समाचारका कुरा मात्र हुन्छन्, सञ्चारले पत्रकारितासमेत मिडियाबाट पस्कीने सबै सामग्रीकाे मर्म बाेक्ने भएकाले लुम्बिनी सञ्चार बनायाैं । ढुक्क हुनुहाेस् नाम जे भए पनि हामी काम जनहितमा गर्छाैं ।

दर्जनाैंकाे संख्यामा रहेका मुल धारका मिडिया र संघीय राजधानी केन्द्रीत सयाैं मिडियाकाबीच हाम्रा केही अवधारणा थाेरै फरक छन् । हामीले कुनै वेला विकासे संस्थाहरूले लिएकाे जस्ताे तलबाट माथि (बटम अप एप्राेच) बाट सञ्चार गर्ने प्रयास गरेका छाैं ।

हामीले तीन तहका सरकारमध्य तल्लाे तहकाे सरकार अन्तर्गतकाे वडा र गाउँका कुरादेखि प्रदेश र संघका नीति तथा कार्यक्रम र गतिविधिलाइ सामग्री पस्केका छाैं ।

दशक बढी पत्रकारितामा याेगदान गरेकाे समूहकाे नेतृत्व, सल्लाह, साथ र सहयाेगमा सानाे लगानीमा मिडिया चलाएका छाैं । त्यसैले पनि सुरूवाती चरणमा देशभरीकै गाउँतहसम्म पुग्न नसके पनि मध्य नेपालबाट यसकाे सुरूवात गरेका छाैं ।

विस्तारै फैलदै जानेछाैं । राजधानीमा बसेर गाउँका कुरालाइ प्राथमिकतामा राखेर काम गर्नु चानचुने कुरा हैन । तर हामीसँग भएकाे सानाे समूहसँग ग्रामीण पत्रकारितादेखि राजनीतिक, संसदीय, कर्पाेरेट पत्रकारितासम्मकाे अनुभव भएकाले थप सहज महसुस गरेका छाैं ।

अलिक लामाे लाग्न सक्छ तर थाेरै अनुभव यहाँ बाँड्न चाहन्छाैं । काेराेना महामारीकाे समयमा एक वडाध्यक्षले गरेकाे राम्रा कामलाइ समाचारकाे विषय बनाउदा  पाएकाे ताली र विपतमा थातथलाे बाहिर बसेका गाउँपालिका प्रमुखकाे कमजाेरी लेख्दा गालीसमेत पाएका छाैं ।

हामी ताली र गाली दुबैलाइ स्वागत गर्छाैं । कम्तिमा गाली गर्नेले पनि हामीलाइ सत्ताेसराप गर्दै, मान्छेलाइ खटाएर हामीलाइ धम्क्याउन लगाउदै भए पनि मास्क र पीपीइ बाेकेर गाउँ पुग्नु भएकाे छ ।

जनताले सेवा पाएकाे देखेर हामी मख्छ छाैं । जनताकाे पक्षमा लेख्दा साना तिना धम्कीलाइ त पचाउन गाह्राे छैन । र पत्रकारितामा प्रतिक्रिया आउनु ठूलाे कुरा हाे ।

चित्त नबुझेमा गाली नै भए पनि गर्न हामी समस्त पाठक तथा सराेकारवालामा अनुराेध गर्दछाैं ।  याे पनि हामीले उपलब्धि ठानेका छाैं ।

अन्तमाः यतिन्जेल साथ, सहयाेग दिनुहुने पाठकदेखि सराेकारवाला सबैमा धेरै धेरै धन्यावाद दिन चाहन्छाैं । मुख्य कुरा यसबीच धेरै जनता हामीसँग जाेडिनु भएकाे छ, विश्वास गर्नु भएकाे छ ।

विश्वासकाे लागि आभार व्यक्त गर्न चाहन्छाैं । याे विश्वास कायम राख्न हामीभाथि थप जिम्मेबारी बढेकाे महसुस गरेका छाैं । हामीले नारामै शान्ति र समृद्धिकाे लागि सञ्चार राखेका छाैं ।

झट्ट हेर्दा याे विकासे नारा लाग्न सक्छ । तर हाम्राे अध्ययनले भन्छ जहाँ राेग, भाेक, अशिक्षा र गरिवी हुन्छ त्यहाँ द्वन्द्व हुन्छ, अशान्ति हुन्छ । हामी शान्ति क्षेत्र नेपालकाे पक्षपाती हाैं, यसका लागि मुलुक समृद्ध बन्नुपर्छ ।

तपाइका छरछिमेमा भएका गतिविधि हामीलाइ पठाउनुहाेस् । हामी त्यस विषयमा सराेकारवालाकाे मत लिएर समाचारकाे विषय बनाउछाैं ।

राज्यका निकायरूलाइ पनि हाम्राे अनुराेध छ, तपाइका नीति निर्माण, कार्यक्रमका बारेमा जनतासम्म पुर्याउन हामी प्रतिवद्ध छाैं । सूचना र साथ दिनुहाेला ।

हामी विकास पत्रकारिताकाे अवधारणा अनुसार चल्ने अठाेटका साथ अगाडी बढिरहेका छाैं । साथ, सहयाेग, प्रतिक्रिया दिएर सहयाेग  गर्नुहाेला ।

धन्यवाद !

२०७७ वैशाख १ गते साेमबार



प्रतिक्रिया दिनुहोस !