१३ बैशाख २०८१, बिहिबार

नयाँ वर्ष २०७७: आउनुहोस्, पर्यावरण नबिगार्ने प्रण गरौं

प्रकाशित मिति :  13 April, 2020 3:35 pm


विश्व यतिबेला कोरोना महामारीसँग लडिरहेको छ । कोरोना संक्रमितको संख्या र मृत्य हुनेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । एउटा आँखाले देख्न नसकिने भाइरसले विश्व हल्लाएको छ । विश्व लकडाउनमा छ । विश्व आराम गर्दैछ । मानव जाति बिना हातहतियार कोरोनासँग युद्ध लडिरहेका छौ । संसार यतिबेला रोईरको छ, प्रकृतिले हाम्रो साथ छोडेको भान भइरहेको छ । तर पनि हामी लडाई लडिरहेका छौ, धैर्य गर्यौं भने हाम्रो जीत अवश्य हुनेछ । जित्ने त मानवले नै हो । यसबीच हाम्रो नयाँ वर्ष सुरू भएकाे छ । इतिहासमै पहिलो पटक सायद यति ठूलो संकटमा नयाँ वर्ष आएको छ । किनकी यो भुकम्प र नाकाबन्दी भन्दा पनि अनौठो जैविक संकट हाे ।

नेपाल लकडाउनको आज २१ औं दिनमा नयाँ वर्ष २०७७ ले विश्वभर छरिएका नेपालीको घरआँगनमा पाइला टेकेको छ । अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र यति बेला ठप्प छ । कुल १४ जनामा संक्रमण पुष्टी भइरहँदा एक जना पूर्ण स्वस्थ भइसक्नु र बाँकीको स्वास्थ्य पनि सामान्य रहनु भने हाम्रो लागि सकारात्मक पक्ष   हो । राजनैतिक र सरकारका कतिपय व्यवहारिक कदमलाई थाति राहेर हेर्ने हो भने सरकारले कोरोना रोकथाम लागि चालेको कदम आफैमा सराहनिय छ । हामी आँफैले पनि सर्तकता अपनाएका कारण रोगको संक्रमण नबढेको हो । यसबीच नयाँ वर्षकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नरोकिदासम्म आफूले कुनै सेवा सुविधा नलिने घोषणादेखि राष्ट्रपति, उपराष्ट्रपति, रानैतिक दलका प्रमुखदेखि सबैजसो जनसाधारणले शुभकामना व्यक्त गर्ने कार्य भइरहेको छ । कोरोना कहरको पीडा थोरै भुलेर विश्वरका नेपाली शुभकामना आदान प्रदान गरिरहका छौं । सुख, शान्ति र दीर्घायूको कामना गरिरहेका छौं ।

अहिलेसम्मको स्थितिमा कोरोना संक्रमणबाट हामी जति सुरक्षित छौं हामी घरमै बसेर नियम पालना गरेर छौं । कतिपयले अटेरी गर्दा संक्रमणको जोखिम भने गाउँ गाउँसम्म फैलिएको छ । र, सबैन्दा महत्वपूर्ण पक्ष भनेको कोरोना विरुद्धको लडाइमा लड्ने योद्धाहका कारण हामी अहिलेसम्म सुरक्षित छौं । स्वास्थ्यकर्मी यति बेला भगवानको रुपमा फिल्डमा उत्रिएका छन् । सुरक्षाकर्मी र संचारकर्मीको भुमिका पनि सम्मानयोग्य छ । सरकारले पनि संक्रमण हुन नदिन सक्दो कदम चालेको यो घडिमा हामी जनता पनि सरकारको कदमको पालन गरेका कारण हालसम्म सुरक्षित छौ । ठुला देश भनिएकहरुको लापरवाहीले गर्दा अहिले त्यसको परिणाम त्यहाँका जनताले भोग्नु परिरहेको छ । लासको थुप्राेले शहर ढाकिएकाे छ । परिवारले समेत लास बुझ्न नसक्ने जति पिडा के मा होला । नेपालमा महामारी फैलनबाट राेकिएन भने स्थिति न सरकारले नियन्त्रणमा लिन सहज हुदैन । त्यसैले लकडाउनकाे नियम पालना गर्नुकाे विकल्प हामीसँग छैन । विकसित मुलुकसँग दक्ष जनशक्त्ति हुदा त हार मानीरहेका छन भने हाम्रो अवस्था के होला त्यसैले घरमै बसौ सुरक्षित बसौ समाजलाई सुरक्षित राख्खौ आफ्रनो समाज सुरक्षित भए देश आफै सुरक्षित हुन्छ । हामी बाँचे देश बाँच्छ ।

हामी नेपाली हौ धैयर्ता हाम्रो रगतमा छ । धैर्य गर्यौ भने कोरोना विरुद्धको लडाई हामी अवश्य जित्ने छौ । हामी सोचेका पनि थिएनौ सायद यसरी घरमै बन्दी जिवन बिताउनु पर्छ भनेर । संसारनै शुन्य हुने गरी माहामारी आउला भनेर, साँच्चिकै संसार अच्चम्मको छ हिजोका दिनमा घरपरिवार पनि नभनी पैसा कमाउन तछाड् मछाड् गर्ने हामी घर भित्रै कैद भएका छौ, पैसा भन्दा पनि यतिबेला परिवार सँगमिठो मसिनो खाएर रमाईरहेका छौ । विश्वमा फैलिएको माहमारीले हामीबीच सम्पन्धहरूमा आफ्नाेपन महसुस पनि गराएको छ। शिक्षाको लागि शहर पसेको छोराछाेरी गाँउ फर्किइदा एउटी आमा अनुहारमा हाँसो छाएको छ । शहरको एउटा कोठामा निस्साएका नातीनातिना आफ्नै घरको आँगनमा देख्दा हजुरबुबा दंग परेका छन् । सम्पतिका लागि लडेका छोराहरु आज सँगै खाना खाईरहेका देख्दा एउटा बाबु खुसीले गद्दगद्द छन् । सामान्य कुरामा झगडा परेका छिमेकी पनि टाँढैबाट मुस्कान दिन थालेका छन् ।

कोरोनाका कारण भएको लकडाउनका कारण हामी पुरानो परम्परा फर्किएका छौ ।  दैनिकी पनि उस्तै छ कसैलाई अफिस जान हतार छैन । केटाकेटी यति बेला बेफिकर खेलिरहेका छन् । न गृहकार्यको तनाब न बिहान छिटो उठ्ने तनाव यति बेला उनीहरु जति खुसी सायद कोही  छैनन् । संयुक्त परिवारमा हुर्किएर आफ्ना सन्तानलाई एकलमा हुर्काउदै गरेका हामी फेरी संयुक्त परिवारमा जोडिएका छौ, हामीले जस्तै हाम्रा सन्तानले पनि केही समयका लागि विशुद्ध पारिवारि मेल देख्ने छन् र रमाउने छन् । केही संस्कार सिक्नेछन् आफ्ना बाउबाजेको थाकथलोको हरियालीमा रमाउने छन् । हजुरआमाले दुहेको माली गाईको दुध पिउने छन् । कलकल बग्ने धाराको पानीले उकाली ओरोली गर्दाको थकान अनि प्यास मेट्ने छन् । नयाँ पालुवासँगै रमाउदै यो माहामारीको घडीलाई मस्तिष्कमा कैद गर्नेछन् ।

मानव प्राकृतिक प्राणी हो । भन्दा आद्यात्मिक जस्तो लाग्ला तर मानवले प्रकृतिसँग छेडछाड गरेका कारण विश्वमा विभिन्न खाले प्राकृतिक विपत्ति आइरहेका छन् । भोली कोरोना भन्दा ठूला विपत्ति आउन सक्छ । ग्लोबल वार्मिङका कारण पृथ्वी तात्दै गइरहेको छ । हिमाल पग्लिएका छन् । पानीका मुहानहरु सुक्दैछन् । अब प्रकृति बचाउने चेत फिर्नुपर्छ । विश्वले विगारेको हामीले मात्र गरेर के हुन्छ र ? भन्ने पनि सोच दिमागमा आउन सक्छ । कम्तिमा हामी नेपालीले नयाँ वर्षकै अवसमा भए पनि प्रण गरौं । सकेसमम प्रकृतिलाई हामी हुने काम कम गरौं । प्रकृतिलाई जोगाउनमा हाम्रो भूमिका अहिलेसम्म उत्कष्ट नै छ ।

सानो देशका थोरै जनसंख्या भए पनि हामी विश्वभर छरिएका छौं । पुस्तौंपुस्तादेखि नेपाल बाहिर बस्ने नेपालीदेखि रोजगारीका लागि पुगेका समेत छौं । हामीले विश्वलाई भनौं अब प्रकृतिमाथिको दोहन कम गरौं । अब प्रकृतितिर फर्कने प्रण गरौं । लाखौं जीव मध्ये हामी पनि एक जन्तु हौं । वृद्धिमान प्राणीको हैसियतमा प्रकृतिको नियम पालना गर्ने प्रण गरौं । आउनु नयाँ वर्षमा यही संकल्प गरौं । सगरमाथाको उचाइबाट वुद्धको शन्देश विश्वलाई सुनाऔं । प्रकृतिको संरक्षण र संवद्र्धन गरि पर्यावरण रक्षा गरौं । नयाँ वर्ष २०७७ को उपलक्षमा हामी नेपालीले पनि प्रण गरौं । विश्वलाई पनि आव्हान गरौं ।

(लक्ष्मी ज्ञवाली लुम्बिनी सञ्चारकी संवाददाता हुन् ।)



प्रतिक्रिया दिनुहोस !