१३ बैशाख २०८१, बिहिबार

दैनिक बढ्दै स्टक: राहत प्याकेजभित्र दुग्ध पदार्थ समेट्न सरकारलाई आग्रह

प्रकाशित मिति :  14 April, 2020 9:07 am


चितवन मिल्कमा स्टाेर गरिएर राखिएकाे मिल्क पाउडर । तस्वीर साैजन्यः चितवन मिल्क ।

काठमाडाैं, २ वैशाख । 

दूधको खपत घटेपछि दैनिक एक लाख ५० हजारदेखि एक लाख ८० हजार लिटरसम्म दूधलाई प्रशोधन गरी पाउडर बनाउन थालिएको छ ।

लकडाउनको अवधिमै दुई निजी डेरी उद्योग र एक सरकारी उद्योगबाट किसानबाट संकलित दूधलाई पाउडर र मख्खन बनाउन थालिएको   हो । दूध धेरै उत्पादन हुँदा र बजारमा कच्चा दूधको माग घट्दा दूधलाई पाउडर बनाएर राख्ने गरिन्छ ।

काराेबार दैनिकमा किरण आचार्यले लेखेकाे समाचार छ, निजी क्षेत्रकै ठूले पाउडर दूध कारखाना चितवन मिल्कले दैनिक ४५ हजारदेखि ६० हजार लिटरसम्म र पोखराको सुजल डेरीले पनि यत्ति नै मात्रामा दूधलाई पाउडर बनाउँदै आएको बताएका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको विराटनगरस्थित धुलो दूध कारखानाबाट ५५ हजारदेखि ७० हजार लिटरसम्म दूध पाउडरमा कन्भर्ट गरिरहेको छ ।

संस्थानको विराटनगर उद्योगमा निजी डेरीसेतले दूधलाई पाउडर बनाउन लैजाने गरेका छन् भने पोखराको सुजलमा संस्थाने पनि दूध पठाउने गरेको छ । चितवन मिल्कमा भने निजी डेरी र सहकारीहरू पनि लैजाने गरेका छन् ।

नेपालमा तीन वटामात्र पाउडर दूध कारखाना छन् । तीन वटै कारखाना एक सिफ्ट चल्ने गरेका छन् । अत्यावश्यक वस्तु उत्पादन गर्ने कृषि उद्योगहरू चलाउनुपर्ने कानुनी बाध्यता छ ।

व्यवसायीहरूले भने उद्योग चलाउन गाह्रो भएको गुनासो गर्दै आएका छन् । कामदारलाई कम्पनी बाहिर आउतजावत गर्न समस्या भएपछि उद्योगमै खानपान र सुत्नेसमेत गर्न थालेको चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए ।

सुजल र डीडीसीले भने कामदारलाई सुरक्षित तरिकाले गाडीमै लाने लैजाने गरेका छन् ।

उद्याेग आउजाउ समस्या भएपछि उद्याेगमै खान, बस्दै गरेका कामदार ।

दूध संकलन गरेर उद्योगमा पठाउन समेत चुनौतिपूर्ण रहेको उद्योगीहरूको भनाइ छ ।

‘कामदारहरूलाई घर बाहिर जान र फर्कदा घरबेटीले संकास्पद रूपमा हेर्ने गरेको भन्दै कतिपय कामदारमा मनोवैज्ञानिक त्रास छ,’ उद्योगी अरनिको राजभण्डारी भन्छन्, ‘जोखिम मोलेरै हामीले दूध संकलन गरेर पाउडरका लागि उद्योगमा पठाएका छौं, सरकारबाट थप समन्वय र प्रोत्साहनको महसुस गरेका छौं ।’

लकडाउनको अवधिमा दूधको उत्पादन लागत समेत बढेको र उत्पादित दूध सबै स्टकमै रहने उनले जनाए ।

सरकारी स्वामित्वको संस्थान र निजी उद्योगका लागि दूध मूल्य श्रृंखलामा काम गर्ने कामदारका लागिसमेत बीमा र अन्य सुविधाको व्यवस्था छैन ।

‘घरमै बसेर काम गर्न मिल्नेसम्मलाई घरबाटै काम गर्ने भनेका छौं तर उद्योगसँग सम्बन्धित कर्मचारीलाई पालै पालो उद्योगमै खटाइरहेका छौं,’ संस्थानका मानव संशाधन विभागका प्रमुख संजीव झाले भने, “लकडाउनमा आपूर्ति नियमित गरिरहेका छौं, पाउडर बनाउने काम पनि रोकेका छैनौं ।’

दूधको खपत २५ घटेपनि अन्य उत्पादनमा भने अन्य उत्पादनमा भने ६० प्रतिशत भन्दा बढी नै आपूर्ति घटेको उनले बताए । संस्थानको करिव ७० करोड बराबरको दुग्ध पदार्थ स्टकमा रहेको उनले बताए ।

राहत प्याकेजमा दुग्ध पदार्थ समावेश हुनुपर्छ: राधाकृष्ण सापकोटा,अध्यक्ष, नेपाल डेर एशोसिएसन

दुग्ध पदार्थको बिक्री घटेपछि करि ५ अर्ब रुपैयाँ बराबरको दुग्ध पदार्थ स्टक रहेको नेपाल डेरी एशोसिएसनले गरेको अध्ययनले देखाएको छ ।

लकडाउनको अवधि लम्बिँदै गएमा र स्टक बिक्रीको लागि सहरकारले सहजीकरण नगरेमा कृषकको भुक्तानी गर्न समस्या हुन सक्छ ।

भूकम्प र नाकाबन्दीदेखि कोरोनासम्मको असहज परिस्थितिमा पनि आफूहरूले सेवा रोकेका छैनौं ।

तर, सरकारले हाम्रो समस्या पनि बुझिदिनु पर्छ । कम्तिमा स्थानीय तहमा वितरण गरिने राहतमा हाम्रै उत्पादनसमेत समावेस गरेर बाँडेमा स्टक पनि बढ्ने छैन ।

जनताले पोषणयुक्त दुग्ध पदार्थसमेत उपलब्ध हुनेछ । दुग्ध क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान गर्दछ ।

करिव ५ लाख कृषक परिवार आवद्ध रहेको दुग्ध क्षेत्रमा उद्योगतर्फ मात्र ३० हजार बढी प्रत्यक्ष रोजगार छन् भने दैनिक करिव चार करोड रकम दध बेचेर कृषकले कमाउछन् ।

दुग्ध क्षेत्रले मात्र वार्षिक १ अर्व बराबरको राजस्व सरकारलाई बुझाउँदै आएका छन् । उद्योगमा करिब २५ अर्बको लगानी भएको छ ।



प्रतिक्रिया दिनुहोस !