२७ माघ २०८२, मंगलबार

कांग्रेस कार्यसम्पादन बैठकअघि सानेपामा नेविसंघको नाराबाजी

प्रकाशित मिति :  2 April, 2023 10:43 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । पार्टीको कार्यसम्पादन समिति बैठकअघि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन ।

नेविसंघको सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग राख्दै नेविसंघले शनिबारदेखि रिले अनसन सुरू गरेको थियो। रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत अनसन बसेका छन्।

पार्टी कार्यलय परिसरमा नाराबाजी भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यलय भित्र समिति सदस्य बाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !