मेयर बालेनले यी १४ कारणले उठाएनन् सिंहदरबारको फोहोर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुश भएको बताएका छन्।
आज बिहान सामाजिक संजाल फेसबुक मार्फत महानगरले बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको कारण सिंहदरबारको फोहोर नउठाएको प्रष्टीकरण दिएका छन् ।
९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल भएपछि बाध्यात्मक निर्णयमा लिन बाध्य भएको बताएका छन् ।
यस्ता छन् मेयर बालेनका १४ उदाहरण
गृह मन्त्रालय : अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।
परराष्ट्र मन्त्रालय: विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार
शिक्षा मन्त्रालय: सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा ( दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।
स्वास्थ्य मन्त्रालय: सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स ९१०२० को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन ( दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।
पर्यटन तथा नागरिक उड्ययन: एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।
अर्थ मन्त्रालय: ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम ( २ मन्त्रीसँग पटक पटक पहल
सहरी विकाश: खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।
भौतिक यातायात: रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन -दुई मन्त्रीहरूसँग पटक पटक पहल ।
सूचना तथा सञ्चार : isp र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् \ २ मन्त्रीसँग पहल
ऊर्जा मन्त्रालय: सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल
खानेपानी: मेलम्चीको पानी र पाइप व्यवस्थापन, , KUKL को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल
भूमिसुधार मन्त्रालय: सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल
सङ्घीय मामिला: तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल
कृषि मन्त्रालय: मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल








