२ करोड मागेको अडियोमाथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रकाशित मिति : 10 April, 2023 12:19 pm
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमाथि अनुसन्धान हुने बताएका छन् ।
सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै प्रमाणित भए कारबाही हुने बताए । ‘दुई करोडको कुरा आएको छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ मन्त्री बन्नका लागि आफूसँग पैसा मागिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सहयोग गर्न आग्रह गरेको भनिएको अडियो अाइबार कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो ।








