बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु
प्रकाशित मिति : 12 April, 2023 7:58 am
काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना हुदाँ एकै गाउँका ६ जनाको मृत्यु भएको हो।
दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ।
जीप सवार ५ जना सकुशल रहेका छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।








