सिन्धुलीमा कार दुर्घटना, ४ जना भारतीय नागरिको मृत्यु
प्रकाशित मिति : 12 April, 2023 8:23 am
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–३ मा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
बिपी राजमार्गअन्तर्गत मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ नम्बरकाे कार दुर्घटना भएको हुदाँ चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
मृतकमध्ये एक जनाको शव सिन्धुली अस्पतालमा र बाँकी तीन जना पुरुषको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा गम्भीर घाइते एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।








