२ माघ २०८२, शुक्रबार

चोरीको मोटरसाइकलसहित काठमाडौँको तारकेश्वरबाट एकजना पक्राउ

प्रकाशित मिति :  13 April, 2023 10:58 am


काठमाडौँ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित काठमाडौँबाट एकजनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौँको लोलाङ बस्दै आएका ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार तारकेश्वर(४ लोलाङ हाइटबाटै नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

एसएसपी भट्टका अनुसार, बुधबार नै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ३ हैबुङ घर भई हाल काठमाडौँको थली बस्ने कृष्ण बहादुर तामाङले बागमती प्रदेश ०२(०१५ प १७ ७४ नम्बरको मोटरसाइकल महाराजगंजबाट हराएको भनि निवेदन दिएका थिए।

निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा फेला पारी मोटरसाइकल सहित राईलाई लोलाङ हाईटबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाइको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !