१७ बैशाख २०८१, सोमबार

काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् :मेयर शाह

प्रकाशित मिति :  13 April, 2023 1:00 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न भनेका छन् । बिहीबार शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबार र राजधानी काठमाडौँबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताए ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, “कि काठमाडौँको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्, हामी काठमाडौँबासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, सस्कृती , कला र सभ्यता चाहिने उनले बताए । “हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,” मेयर शाहले भने ।



प्रतिक्रिया दिनुहोस !