२७ माघ २०८२, मंगलबार

रोल्पाको गंगादेव गाउँपालिकाको गाडी वडाअध्यक्षद्वारा तोडफोड,समपुरक योजनामा एकलौटीको आरोप

प्रकाशित मिति :  14 April, 2023 7:22 am



उमा केसी
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको गाडी वडा अध्यक्षले तोडफोड गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष हरि पुन चडेको गाडीमा वडा अध्यक्षले गाडी तोडफोड गरेका हुन् । तोडफोमा संलग्न गंगादेव गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्ण वली पक्राउ परेका छन् ।

चैत्र ३० गते वेलुका गंगादेव गाउँपालिका वडा नं. ५ को कार्यक्रममा पुगेका गाउँपालिका अध्यक्ष पुनलाई लिन गएको रा १ झ १९१ नम्वरको गाउँपालिकाको स्कारपियो गाडीलाई रोकी वडा नं. ४ का वडाध्क्ष वलीले हातको मुक्काले हानेका हुन् ।

हातको मुक्काले हानेको गाडीको अगाडीको सिसा चर्किएको,दाहिने तर्फको लुकिङ ग्लास भाँचिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षको गाडी तोडफोड गर्ने कार्यमा संलग्न वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिनुभयो ।

वडाध्यक्ष वलीलाई हाल ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गाडी तोडफोड गर्ने वडाध्यक्ष वलीले मादकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष वली गाउँपालिकाको प्रवक्ता समेत हुन ।

प्रदेशमा पठाउने समपुरक योजनामा गाउँपालिका अध्यक्षपुनले एकलौटी गरेको आरोपमा वडाध्यक्ष वलीले गाउपालिकाअध्यक्षको गाडी तोडफोड गरेको स्थानीयको भनाई छ । गाउँपालिकाअध्यक्षपुन र वडाध्यक्ष वलीदुवै नेपाली काँग्रेसवाट विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !