विश्वकै प्रदूषित सहरहरूको सूचिमा काठमाडौँ पहिलो नम्बरमा
काठमाडौं । काठमाडौँ वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको हो ।
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौँलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।
काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौँ प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ ।
एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।
सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता सहर छ । चौथो स्थानमा थाइल्याण्डको बैँकक रहेको छ ।
देशका विभिन्न स्थानमा डढेलो लाग्दा काठमाडौँ उपत्यकासहित देशैभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको आकलन गरेको छ ।








