रवि लामिछानेका सवारी चालक ३ तला माथिबाट खसेको अवस्थामा फेला
प्रकाशित मिति : 17 April, 2023 9:04 am
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।
चितवनका प्रहरीका अनुसार सीसीटिभी फुटेजमा बिहान ३ बजेर ५४ मिनेट जाँदा चालक थापा छतबाट खसेको देखिएको छ।गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ ।
उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।








