२७ माघ २०८२, मंगलबार

दाङमा आफैंलाई गोली हानेको अवस्थामा सशस्त्र प्रहरीको शव फेला

प्रकाशित मिति :  17 April, 2023 10:15 am


दाङ । दाङको तुलसीपुर कारागारमा हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

आइतबार राति साढे ८ बजे ड्युटीमा रहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ३५ वर्षीय हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

‘पारिवारिक विवादका कारण गोली हानी आत्महत्या गरेको हुनसक्ने आंशका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी मल्लले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !