मिटरव्याज पीडित र प्रहरीबीच शान्तिबाटिकामा झडप
प्रकाशित मिति : 17 April, 2023 3:29 pm
काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । सोमबार काठमाडौंको शान्तिवाटिकामा मिटरव्याज पीडित र प्रहरीबीच झडप हुँदा केही मिटरब्याज पीडित घाइते भएको प्रहरीले जनाएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेर व्यानरसहित निकिन खोजेका थिए ।
सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।
प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजीपीडित एक सदस्यले बताए ।
प्रहरीले मिटरब्याजी पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको प्रहार समेत गरेको प्रत्यक्षदर्शीले बताए ।








