२१ बैशाख २०८१, शुक्रबार

आर्थिक सूचकाङ्क अब सकारात्मक हुनेछ: अर्थमन्त्री महत

प्रकाशित मिति :  17 April, 2023 7:21 pm


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको मौद्रिक नीतिमा अन्तराष्ट्रिय मुद्राकोषमा जहिलो पनि चासो राख्ने गरेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई मन्त्रालयमै बधाइ तथा शुभकामना दिँदै अर्थमन्त्री महतले अन्तराष्ट्रिय मुद्रा कोषको साल्लाह सुझावमा पुराना नीतिहरू समय सापेक्ष बनाउन पहल गरिएको बताए ।

उनले भने,“आर्थिक सूचकाङ्क अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।” राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले छलफल गरिरहेको र अब सकारात्मक नतिजा आउने बताए ।

वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस आफूले गरेको भन्दै अर्थ मन्त्री महतले केही अप्ठ्यारा र व्यवधानलाई मिलेर हटाउनुपर्ने बताए । सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतको भनाई थियो ।

उनले भने,“महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।”

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको नसकेको र देखिएको सत्य सबैले स्वीकार गर्नुपर्ने उनको भनाई थियो । उनले भने,“ सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ । हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।”

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको अर्थमन्त्री महतको भनाई थियो ।

उनले भने,“ बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपथ्र्यो तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो ।”।

निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस !