सिंहदरबारको फोहोर नउठाएको भन्दै मेयर बालेनविरुद्ध परेको रिटको सुनुवाइ आज
काठमाडौँ । सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुँदैछ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दायर गरेका थिए।
काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।
मेयर शाहले काठमाडौँ महानगरपालिकालाई संघीय सरकारले सहयोग नगरेको भन्दै एक हप्तादेखि सिंहदरवार, राष्ट्रपति कार्यालय शीतल र प्रधानमन्त्री विनास बालुवाटारको फाहोर उठाएका छैनन्।








