२७ माघ २०८२, मंगलबार

अर्घाखाँचीमा लडेर गम्भीर घाईते भएका एक जनाको बुटवलमा उपचारका क्रममा मृत्यु

प्रकाशित मिति :  18 April, 2023 3:41 pm


सांकेतिक तस्विर

अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा लडेर गम्भीर घाईते भएका एक जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।
छत्रदेव गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय रोमकान्त लामिछाने अस्पतालमै लडेर बेहोस भएपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

अस्पताल पुर्‍याइएका लामिछानेलाई चिकित्सकले मृत घोंषणा गरेका थिए । मिर्गी रोगले पीडित लामिछाने लडेपछी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याईएको थियो ।

उनी फेरी अस्पतालमै लडेपछी बेहोस भएका थिए । टाउको र ढाडमा गम्भिर चोट लागेका उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएकाे थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य समेत रहेका लामिछानेलाई चिकित्सकले सोमवार मृत घोषणा गरेको रास्वपाका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !