६ जेष्ठ २०८१, आइतबार

तनहुँमा १३ हजार मत गन्दा रास्वपाका स्वर्णिम वाग्ले पाए ७ हजार बढी मत

प्रकाशित मिति :  24 April, 2023 8:15 am


काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् । २० प्रतिशतभन्दा बढी मत गणना हुदाँ वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका हुन ।

त्यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।

६३ हजार सात सय ५७ मत खसेकोमा हालसम्म १३ हजार ६५ मत गणना भइसकेको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडा रहेका छन् । भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको गरी जम्मा ८ वटा वडाको गणना सकिएको छ ।



प्रतिक्रिया दिनुहोस !