६ जेष्ठ २०८१, आइतबार

आगामी मनसुन सिजनमा तापक्रम सरदरभन्दा बढी र वर्षा कम हुने

प्रकाशित मिति :  4 May, 2023 5:37 pm


काठमाडाैँ। जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ । 

बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आँकलन सार्वजनिक गरेकाे हाे। आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको बताएको छ ।

कोशी प्रदेशका मध्य भाग तथा उत्तरपूर्वी भूभाग, वागमती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको जनाएको छ ।

विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको भने न्युनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्युनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भूभाग, लुीम्बनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको बताए।

यस वर्ष मनसुन सिजन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ । 



प्रतिक्रिया दिनुहोस !