२१ बैशाख २०८१, शुक्रबार

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्ता गठबन्धनमा छलफल

प्रकाशित मिति :  6 May, 2023 8:52 pm


काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आईतवार प्रश्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ । 

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आईतवारबाट शुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए।

पाण्डेले आईतवार बस्ने संसदको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि बताए। उनल्रे निजामति ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको जानकारी दिए।

“भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो । अब व्यवस्थित रुपमा भोलि सदन शुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ,” उनले भने, “विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल भयो ।”

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यक्ता नरहेको बताए। उनले विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताए।



प्रतिक्रिया दिनुहोस !