२१ मंसिर २०८२, आइतबार

संस्थादेखि व्यक्तिसम्म भीरकोट नगरपालिकाले गर्‍यो ४४ लाखभन्दा बढी खर्च

प्रकाशित मिति :  30 May, 2023 2:35 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले अनुउत्पादक प्रयोजनमा बढी खर्च गरेको पाइएको छ । महालेखापरिक्षक कार्यालयको प्रतिवेदन २०७८/०७९ ले पालिकाले केही संस्थादेखि व्यक्तिसम्म गरेर रु।४४ लाख ७८ हजार खर्च गरेको औंल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक श्रोतको उपयोग गर्दा अधिकतम प्रतिफल सुनिश्रित हुने गरी खर्च गर्नुपर्नेमा यस पालिकाको समानीकरण चालुतर्फको नमुना छनौटको आधारमा केही भौचरहरूको परीक्षण गर्दा देहाय बेमोजिमका अनुउत्पादक प्रयोजनमा रु ४४ लाख ७८ हजार खर्च गरेको देखिन्छ ।”

महालेखाले उक्त खर्च नियन्त्रण गर्नकाे लागि पालिकालाई निर्देशन दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !