७ बैशाख २०८१, शुक्रबार

डकुमेन्ट्री बनाउन भीरकोट नगरपालिकाले खर्च गर्यो पाँच लाखभन्दा बढी रकम

प्रकाशित मिति :  2 June, 2023 1:41 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले भिडियाे र डकुमेन्ट्री बनाउनकाे लागि एक वर्षमा पाँच लाखभन्दा बढी रकम खर्च गरेकाे पाइएकाे छ ।

महालेखापरिक्षक कार्यालयको प्रतिवेदन २०७८/०७९ ले पालिकामा रहेकाे सडक, स्वास्थ्य, शिक्षा, कृषि, सिचाईँ, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको प्रर्वद्धन गर्नको लागि भिडिया र डकुमेन्ट्री बनाउको लागि मात्र ५ लाख ४८ हजार ९५६ रुपैयाँ खर्च गरेको उल्लेख गरेकाे छ ।

पालिकाले उक्त रकम दुईवाट संस्थालाई दिएकाे छ । जसमा मिटिङ्ग प्वाईन्ट प्रा।लिलाई आर्थिक वर्ष २०७८/०७९ सम्म सम्पन्र सडक, स्वास्थ्य, शिक्षा, कृषि लगायतको विषयमा डकुमेन्ट्री तयार गर्न २ लाख ९९ हजार दिएको छ भने खिलुङ्ग कालिका म्युजिक एण्ड मुभिज प्रा।लिलाई सडक, पूर्वधार, कृषि, सिचाईँ, स्वास्थ्य खानेपानी लगायताका विषयमा भिडियो तयार पार्न २ लाख ४९ हजार ९५६ रुपैयाँ दिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, “सरकारी रकमको प्रयोग गर्दा दिर्घकालिन प्रतिफल दिने तथा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्दछ । एकै प्रकृतिको कार्यक्रम तथा क्षेत्रमा लगानी गर्नुहुदैँन । प्रत्येक कार्यक्रमले स्पष्ट उद्देश्य तथा सन्देश बोकेको हुनुपर्दछ । नगरपालिकाले एकै किसिम्मको प्रतिफल दिने उस्तै प्रकृतिका कार्य सम्पादन गरेवापत देहाय बमोजिमको परामर्शदातालाई रकम भुक्तानी दिई खर्च लेखेको पाइयो ।”

महालेखाले अगामी दिनमा एकै किसिम्मको कार्यक्रममा खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न पालिकालाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !