६ जेष्ठ २०८१, आइतबार

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

प्रकाशित मिति :  5 June, 2023 2:24 pm


काठमाडौं । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ।

मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !