८ बैशाख २०८१, शनिबार

नेप्से २५ अंकले बढ्दा सोल्टी होटलमा लगानीकर्ताको आर्कषण

प्रकाशित मिति :  6 June, 2023 3:47 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन भने सेयरबजार उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.८७ अंकले बढेर ३६५.०९ अंकमा पुगेको छ ।

आज नेप्सेमा करोबार भएका सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ६८ लाख ७२ हजार ४ सय ३३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन न्यादी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सेन्च्युरी डिबेन्चर २०८८ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ३.०४ प्रतिशतले घटेको छ ।

कुल २६९ कम्पनीको ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय १ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !