१५ चैत्र २०८०, बिहिबार

अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको इन्ट्री मात्रै हो :अर्थमन्त्री महत

प्रकाशित मिति :  6 June, 2023 4:06 pm


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकुृत व्यक्तिको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको कुनै हात नभएको प्रष्टीकरण दिएका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे ।

अर्थमन्त्री महतले भने, ‘गोप्य कोठामा आधिकारिक व्यक्तिहरु मात्रै बसेर करको दायर संशोधन गर्ने, हटाउने बढाउने यथावत् राख्ने निर्णय हामीले गरेका छौं । अनि हामीले निर्णय गरिसकेपछि अनुभवी र दक्ष कर्मचारीमार्फत् इन्ट्री गराउन सक्ने व्यवस्थाअनुसार रामकृष्ण श्रेष्ठको सहभागी भएको हो । तर, निर्णय प्रक्रियामा उहाँको कुनै सहभागीता छैन । उहाँले इन्ट्री गरेको मात्रै हो ।’



प्रतिक्रिया दिनुहोस !