६ जेष्ठ २०८१, आइतबार

काठमाडौं महानगरका २०८ विद्यालयले बुझाए छात्रवृत्तिको विवरण

प्रकाशित मिति :  7 June, 2023 2:12 pm


काठमाडौं । अनुमति रद्द गर्ने चेतावनीपछि २०८ विद्यालयले काठमाडौं महानगरलाई छात्रवृत्तिको विवरण बुझाएका छन् ।

महानगरले ३४२ विद्यालयको सूची सार्वजनिक गर्दै छात्रवृत्तिको विवरण बुझाउन निर्देशन दिएको थियो । अझै एकसय भन्दा बढी विद्यालयले भने महानगरको चेतावनीलाई नजरअन्दाज गरेका छन् ।

महानगरले छात्रवृत्ति विवरण नबुझाए प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको थियो ।

काठमाडौँ महानगरपालिकाका २०८ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् ।

यदिन आगामी जेठ २८ गते महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति भने रद्द गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !