सुनचाँदीको मूल्यमा गिरावट
प्रकाशित मिति : 8 June, 2023 12:35 pm

काठमाडौँ । आज बिहिबार नेपाली बजार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार छापावाला सुनको मूल्य तोलामै एक हजार रुपैयाँ घटेर तोलाको एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको एक लाख ११ हजार १५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।