१३ बैशाख २०८१, बिहिबार

नेप्सेमा ७ अंकको सुधार

प्रकाशित मिति :  8 June, 2023 3:34 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि सेयरबजारमा सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कारोबार मापक सूचक नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक भने १.०५ अंकले घटेर ३६४.४२ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा आई जी आई पुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा अग्रस्थानमा रहेको छ ।

आजको दिन दोल्ती पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।

कुल २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९ सय ३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !