२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले गरे दैलेखस्थित प्राकृतिक ग्याँस उत्खनन् क्षेत्रकाे निरीक्षण

प्रकाशित मिति :  15 June, 2023 8:18 am


काठमााडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्।

बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुगेका हुन्। अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

निरीक्षणअघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई सम्बाेधन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !